संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो

समाचार

काठमाडौं, १४ फागुन । लघुवित्त पीडितहरू संसद भवनभित्र प्रवेश गरेपछि संसद भवनको सुरक्षाका लागि खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसिएको छ।

प्रहरी प्रधानकार्यालयले संसद भवनमा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको हो। उनीहरूको ठाउँमा नयाँ टोलीलाई ल्याइएको छ।

सोमबार दिउँसो लघुवित्त पीडितहरू संसद भवनमा प्रवेश गरेका थिए। उक्त घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ।

समितिको सदस्यमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *