भन्सार छलेको भारतीय कार पक्राउ ।

समाचार

रसीद आलम।पर्सा ,बिरगंज, माघ १७।अबैध रुपमा भित्रीएको भारतीय निजी सवारी साधन कार पर्सा प्रहरीले पक्राउ गरेको छ।

भारतीय मारुती सुजुकी कार भन्सार छली नेपाल भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको जानकारी हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको टोलीले खोजतलास गर्दै जाने क्रममा  वीरगञ्ज महानगरपालिका वडा नं.१६ चालिसफिट्टे सडकखण्डमा  यु पी १६ए एक्स १००३नम्बरको भारतीय मारुती सुजुकी कार सडकको छेउमा बेवारिसे अवस्थामा फेला पारी हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त गाडीलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराएका छन ।

उक्त कारको  रू.५,००,०००।–(पाँच लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाएको पर्सा प्रहरी ले जनाएको छ  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *