संकास्पद बिल बिजक भएको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा ।

समाचार

रसीद आलम । पर्सा, बिरगंज ,माघ १७।बिल विजक भन्दा बढी विभिन्न खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू लगायतका मालबस्तुहरू बोकेको ट्रक पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाण्डौतर्फ गईरहेको  सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.२३ बहुअरी सडकखण्डबाट ना. २ ख ८५१९ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक संकास्पद देखिएको हुँदा सो ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्ता तथा सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराएका छन ।

उक्त ट्रक र सो भित्र लोड रहेको सामानहरूको रु. ४१,८६,५७८।– (एकचालीस लाख छयासी हजार पांच सय अठहत्तर)  बराबरको मुल्यांकन गरि  थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *