प्रहरी नायब उपरीक्षक रिमाल र प्रहरी सहायक निरीक्षक पाण्डे “Police of The Month” सम्मानित

समाचार

काठमाडौं, भदौ ४ ।
सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आम नागरिकका माझ प्रहरी संगठनको गरिमा तथा श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको योगदानको कदर स्वरूप प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाललाई २०८२ साल श्रावण महिनाको “Police of The Month” प्रशंसा-पत्र प्रदान गरिएको छ।

त्यस्तै, महिला प्रहरीतर्फ आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य प्रदर्शन गर्दै लगनशीलता, कर्तव्यनिष्ठा र समाज सेवामुखी दृष्टिकोण प्रस्तुत गरी प्रहरी सेवामा उल्लेखनीय योगदान पुर्‍याउनु भएकोप्रति कदर स्वरूप जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत प्रहरी सहायक निरीक्षक टेक कुमारी पाण्डेलाई समेत सोही महिनाको “Police of The Month” प्रशंसा-पत्र प्रदान गरिएको छ।

उक्त जानकारी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारीले दिनुभएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *