बिरगंजबाट प्रतिबन्धित लागु औषध सहित एक जना ब्यक्ति पक्राउ ।

समाचार

रसीद आलम।बिरगंज ,फागुन ५।जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागु औषध सहित एक जना ब्यक्तिलाई  पक्राउ गरेको छ  ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित बसपार्क भानु चोकमा एक जना व्यक्ति संकास्पदरूपमा हिँडिरहेकोमा  प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले  चेकजाँच गर्दा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० बस्ने वर्ष २० को सुजन ठकुरीले आफ्नो शरीरमा सेतो टेपले बेरी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध  डाइजेपाम-१५ एम्पुल, नुरफिन-१५ एम्पुल, फेनारगन-१५ एम्पुल गरी जम्मा ४५ एम्पुल तथा  NITRAZEPAM Tablets लेखिएको २८ पत्तामा २८० ट्याब्लेट फेला परेको हुँदा उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक  दिपक गिरिले जानकारी दिएका छन ।

उक्त सम्बन्धमा थप अनुसन्धान  भैरहेको पर्सा प्रहरीले जनाएको छ  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *