रसीद आलम ।पर्सा ,फागुन ५।बिरगंज उद्योग वाणिज्य संघको सभा हलमा ४५ दिने मोबाइल मर्मत तालिम सम्पन्न भएको छ।
पारस सीप विकास को आयोजनामा भएको तालिममा मोबाइल मर्मत गर्ने र सीप सिक्ने ,सीप सिकेपछि ब्यापार गर्ने तरीका सिकाईएको छ ।सो कार्यक्रममा सहभागी तालिम लिने हरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
बिरगंज महानगर पालिकाका उप प्रमुख इम्तियाज आलमको प्रमुख अथितित्वमा सो कार्यक्रमको समापन गरिएको थियो। मन्तव्यको क्रममा वीरगन्ज महानगरपालिकाका उप प्रमुख आलमले ” यो तालिमबाट युवाहरू शिप आर्जन गरि आय स्रोत बढाउन सहयोग पुग्ने छ र आर्थिक सहयोगमा ठूलो टेवा पुगने छ। यो तालिमले तपाईंहरुको भविष्य बद्लिने छ।आउने दिनहरुम यो तालिमले गर्दा कुनै मोबाइल मर्मत केन्द्रमा जागिर खान सक्नु हुने छ।” भन्ने आफ्नो धारणा व्यक्त गरेका थिए । तालिममा सिकेको शिपलाई व्यवहारमा ल्याई पसल खोल्न अनुरोध समेत गरेका थिए ।
लघु व्यवसाय विकास कोष वीरगन्जको सहयोगमा तथा पारस सीप विकास केन्द्रको आयोजनामा ४५ दिने मोबाइल मर्मत तालिमको समापन गरिएको उप प्रमुख आलमको प्रेस सल्लाहकार म.सद्दाब मलिकले जानकारी गराएका छन ।