काठमाडौं, १४ फागुन – बारामा एउटा वर्कसपमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्।
बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर रहेका छन्।
निगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किँदा सोमबार मध्यान्ह उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा दिउँसो साढे १ बजे मृत्यु भएको न्यौपानेले बताए।
यस्तै, घाइते हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा घाइते भएका छन्। उनको सामुदायिक प्रसूति गृह बारामा उपचार भइरहेको छ।
यस्तै, पर्सा बिरगंज -९ बस्ने ३४ वर्षीय फिरोद देवान घाइते भएका छन्। उनको बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।
यस्तै, वीरगन्ज-९ कै २० वर्षीय रितु रजक घाइते छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी, भारत गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत रमगढ्वाका २० वर्षीय अरविन साह घाइते भएका छन्। उनको बयोधा अस्पतालमै उपचार भइरहेको न्यौपानेले बताए।
बाराको निजगढ नगरपालिका ७ स्थित गाडी मर्मत गर्ने (कारखाना) ग्यारेजमा सोमबार विष्फोट भएको घटनाको सत्यतथ्य छानबिन गर्न निजगढका राजनीतिक दलहरूले माग गरेका छन्।
सोमबार साझ संयुक्त विज्ञप्ती जारी गरी घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन राजनीतिक दलले माग गरेका हुन्।
निजगढ नगरभित्र रहेका नेपाली कांग्रेसका निजगढका सभापति नवराज तिमल्सिना, नेकपा एमालेका निजगढका उपाध्यक्ष भोला गौतम, नेकपा माओवादी केन्द्र निजगढका अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टी निजगढका सभापति रामहरी खरेल, राप्रपा निजगढका अध्यक्ष खड्ग प्रसाद उप्रेती र नेकपा एकिकृत समाजवादी निजगढका अध्यक्ष भिम प्रसाद सापकोटाको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तिमा रोहित वर्कशपमा शंकास्पद वस्तु बिस्फोट भएको प्रति निजगढस्थित सबै राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
यस्तै यस हृदयविदारक घटनाप्रति गहिरो दुःख ब्यक्त गर्द उक्त घटनामापरी मृत्यु भएका सोही वर्कशपका सञ्चालक रेशम बहादुर जर्गामगर प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकटसमेत गरिएको छ।
विज्ञप्तीमा उक्त घटनामा निजगढ नगरपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय सुर्य बहादुर थापा, विरगंज महानगरपालिका वडा नम्बर ९ बस्ने ३४ वर्षीय फिरोद देवान, सोही स्थान बस्ने २० वर्षीय रितु रजत, भारत गवाहि बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत राम गढवा बस्ने २० वर्षीय अरीवन साह घाईते भई उपचारतहरू रहेकोमा उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
यस्तै आज भएको यस घटना संकास्पद वस्तु बिस्फोट भएको देखिएकोले उक्त घटनाको सम्बन्धित निकायबाट छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र घाइतेहरूको उचित स्वास्थ्य उपचारका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसंग जोडदार माग समेत गरिएको छ।
बारामा विष्फोट भएको बस्तु प्रोजोक्टाईल भएको आशंका, एकको मृत्यु पाँच घाईते:-
बाराको निजगढ नगरपालिका ७ स्थित गाडी मर्मत गर्ने ९कारखाना० ग्यारेजमा सोमबार विष्फोट भएको बस्तु ‘प्रोजोक्टाईल’ हुन सकिने आशंका गरिएको छ ।
निजगढ नगरपालिका ९ स्थित एक कवाडी संचालकले प्रोजोक्टाईल जस्तै देखिने बस्तुमा भएको तामा निकाल्लन पहिला कवाडीमै काट्टने प्रयास गरेका थिए तर त्यहाँ काट्टन नसकेपछि कवाडी संचालक राज जैसवालले लेथमा ल्याएका थिए ।
कारखानामा काट्टने प्रयास गर्दा सो प्रोजोक्टाईल विष्फोट भएको हो । मिसाईलमा प्रयोग हुने प्रोजोक्टाईल नेपालमा नपाईने प्रहरीले जनाएको छ । सो वस्तुमा इन्डीयन फिल्ड गन १०५ एमएममा प्रयोग हुने जस्ते देखिएको प्रहरी श्रोतले जनाएको छ ।
विष्फोट पछि कवाडी संचालक जैसवाल र उनका श्रीमती सुसिला देवी जैसवला निजगढबाट कोल्हवी नगरपालिकामा गएर एम्बुलोन्समा भारत तर्फ जादै गर्दा प्रहरीले पक्राउ गरेको छ ।
यता विष्फोटबाट घाईते भएका छ जनामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्यारेज संचालक ४५ वर्षीय रेशम मगर रहेका छन् ।
निजगढ नगरपालिका ७ स्थित रोहित वर्कशपका संचालक मगर विष्फोटमा परी गम्भीर घाइते भएका थिए । मगरको उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
घटनामा दुई भारतीय नागरिकसहित पाँच जना घाईते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनिहरुको शरीरको भाग क्षतविक्षत भएको छ भने पूर्णरुपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ३५ वर्षीय राकेश जैसवाल, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्सा जिल्ला विरंगज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका ५ का ४५ वर्षीय सुर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवान र थापाको अवस्था सामान्य छ । घाइतेमध्ये थापाको कलैया र अन्यको वीरगन्जमा उपचार भईरहेको छ ।
विष्फोट भएको उक्त वस्तु हेर्दा बम जस्तै देखिन्छ, यो प्रोजोक्टाईल हो या अन्य विष्फोटक भन्ने बारा प्ररिक्षण पछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताए । उनले भने,‘लेथमा फलाम काट्ने क्रममा विष्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।’
यता विष्फोटक बस्तु निकै शक्तिशालि विष्फोटक रहेको देखिए प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । उनले भने,‘खुल्ला स्थान भएकाले कम क्षेत्री भएको देखिन्छ, बन्द स्थान वा भवनमा भएको भए निकै ठुलो क्षेति हुने देखिन्छ ।’
विष्फोट हुदाँ कारखाना नजिकका घरहरुमा समेत क्षेति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।