बिरगंज ,१४ फागुन ।
बिरगंजमा भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न खाद्यान्न सामाग्रीहरू पर्सा प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका मातहत वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजको ईदगाह चौकबाट १ लाख २६ हजार १०५ रुपैया बराबरको भन्सार छली चोरी पैठारी गरी ल्याइएको खाद्यान्न लगायतका विभिन्न मालबस्तुहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
फागुन १२ गते बेलुका ६ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईदगाह चोक स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको चिनी-५६३ के.जी.,खजुर-१९ के.जी.,डिउ-१६ पिस,सुजी-३५ के.जी. र जुत्ता-४० जोर वीरगञ्ज घण्टाघरतर्फ लगिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको मालबस्तुहरू छाडी भागी फरार भएको हुँदा सो मालबस्तुहरू वेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी )कुमार बिक्रम थापाले बताएका छन् ।
