सशस्त्रका एसपी भट्टको तस्करी संजालमाथि कडा प्रहार : १७ लाख बराबरका अवैध सामान बरामद

समाचार

पर्सा, ३० कार्तिक ।
सशस्त्र प्रहरी बल, पर्साका एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा जिल्लाभर तस्करी नियन्त्रण अभियानलाई अझ सशक्त रूपमा अघि बढाइँदै विभिन्न स्थानबाट गरी कुल झण्डै रु. १७ लाख बराबरका अवैध सामान तथा पशुचौपाया बरामद गरिएको छ । विशेष सूचनाका आधारमा गरिएको तीव्र कारबाहीले सीमा क्षेत्रमा सक्रिय तस्करी संजालमाथि ठोस प्रहार भएको सशस्त्र प्रहरीले जनाएको छ ।


जिराभवानी–१ बलुवाबाट ९ लाख बराबरका ‘लाभा किप्याड’ मोबाइल बरामद

कार्तिक ३० गते सशस्त्र प्रहरी बल, नेपाल बीओपी महादेवपट्टीबाट खटिएको टोलीले
जिल्ला पर्सा, जिराभवानी गाउँपालिका–१ बलुवा स्थित मुस्तुफा मियाको घरमा भारतबाट भन्सार छली ल्याई लुकाइ–छिपाइ राखिएको अवस्थामा १५ कार्टुन (४५० पिस) लाभा किप्याड मोबाइल बरामद गरेको हो ।
उक्त मोबाइलको बजार मूल्य रु. ९,००,०००।– बराबर रहेको प्रहरीले जनाएको छ । बरामदसमेत गरिएको सबै सामग्री आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको छ ।


पर्सा बि.म.न.पा–२ भगुवाबाट ३ लाख ८० हजार बराबरका कपडा–किराना तथा १ लाखको मोटरसाइकल नियन्त्रण

तेही दिन सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण पर्साबाट खटिएको अर्को टोलीले
पर्सा बबिरगंज महानगरपालिका–२ भगुवा क्षेत्रबाट BR–29–T–9411 नं.को मोटरसाइकलमा लोड गरी भारतबाट अबैध रूपमा ल्याइएका कपडा तथा किराना सामान पक्राउ गरेको छ ।
सामानको मूल्य रु. ३,८०,४२०।– र तस्करीमा प्रयोग गरिएको मोटरसाइकलको मूल्य रु. १,००,०००।– कायम गरी दुवै भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


सिमानाका–१६ र बिन्दवासिनी–५ बाट कपडा, किराना र तोरी बरामद

यसैबीच सशस्त्र प्रहरी बल नेपाल प्र.सी.सु. गुल्म, बीरगंजबाट खटिएको टोलीले
बिरगंज महानगरपालिका–१६ स्थित सीमा क्षेत्रबाट रु. ३,२१,४२०।– बराबरका कपडा, किराना सामग्री र पशुचौपाया नियन्त्रणमा लिएको छ ।

त्यस्तै, गुल्म अलौबाट खटिएको अर्को टोलीले
बिन्दवासिनी गाउँपालिका–५ झौवाबाट रु. ११,०००।– बराबरको तोरी बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।


भन्सार छली प्रवृत्तिमाथि निरन्तर निगरानी

सशस्त्र प्रहरी १३ गण, पर्साका प्रवक्ता स.प्र.ना.उ. विश्वराज योन्जनका अनुसार,
हाल सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई उच्च प्राथमिकताका साथ संचालन गरिएको छ ।
तस्करी संजाल सक्रिय हुने सम्भावित स्थानहरूमा गस्ती, सूचनाको विश्लेषण तथा आकस्मिक कारबाहीलाई थप सुदृढ बनाइएको अधिकारीले बताए ।


सशस्त्र प्रहरीको तीव्र निगरानी र सक्रियताले सीमावर्ती क्षेत्रका तस्करी गतिविधि नियन्त्रणमा उल्लेखनीय प्रभाव परेको देखिन्छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *