पर्सामा २७ किलो गाँजा बरामद, तस्कर फरार

समाचार

वीरगञ्ज, १९ असार ।
पर्सा प्रहरीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको संयुक्त गस्तीका क्रममा २७ किलो लागूऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहिवार  राति करिब १०:५५ बजे बिन्दवासिनी गाउँपालिका–४ मधवल नजिकको बाँसघारी क्षेत्रमा प्रसौनीभठ्ठा बीओपी र प्रहरी चौकी अमरपट्टीबाट खटिएको संयुक्त टोलीले शंकास्पद रूपमा राखिएको बोरा फेला पारेको थियो।

जाँचका क्रममा प्लास्टिकले बेरिएको उक्त बोराभित्र २७ किलो गाँजा जस्तो देखिने पदार्थ भेटिएपछि प्रहरीले बेवारिसे अवस्थामा रहेको उक्त लागूऔषध नियन्त्रणमा लिएको हो।

घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। बरामद गरिएको पदार्थको कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *