ब्राउन सुगरसहित २२ वर्षीय युवक वीरगञ्जबाट पक्राउ, पर्सा प्रहरीद्वारा अनुसन्धान जारी

समाचार

वीरगञ्ज, १९ असार।
पर्सा प्रहरीले वीरगञ्जबाट ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा २०८३ असार १८ गते राति करिब ११:१० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकमा नियमित चेकिङका क्रममा भारतबाट वीरगञ्जतर्फ आउँदै गरेका पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–५ चिलझपटी निवासी २२ वर्षीय राजन साह तेलीलाई शंकास्पद अवस्थामा रोकी खानतलासी गरिएको थियो।

खानतलासीका क्रममा उनले लगाएको हाफ पाइन्टको पछाडिको खल्तीमा रहेको पर्साभित्र लुकाइछिपाइ राखिएको ०.१६ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेपछि प्रहरीले उक्त पदार्थ बरामद गर्दै उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका साहविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *