११ हजार भोल्टको तार छोएपछि मन्दिरमा ग्रिल जडान गर्दै गरेका कामदार घाइते

समाचार

बारा, १९ असार। बाराको पचरौता नगरपालिका–८ बाझोपट्टीस्थित माई मन्दिरमा ग्रिल जडान गर्ने क्रममा ११ हजार भोल्टको विद्युत् लाइन छोएपछि एक कामदार गम्भीर रूपमा घाइते भएका छन्।

शुक्रबार बिहान करिब १० बजे ग्रिल जडान गर्ने क्रममा सिम्रौनगढ नगरपालिका–३ नयाकाटोल निवासी ३८ वर्षीय रामलाल पटेलको टाउकोमा ११ हजार भोल्ट क्षमताको विद्युत् तार छोएपछि उनी करेन्ट लागेर घाइते भएको बारा प्रहरीले जनाएको छ।

घाइते पटेललाई तत्काल प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट लंगडाचोकबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) थिर बहादुर बस्नेतको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *