वीरगञ्ज, १८ असार। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई लक्षित गर्दै “सडक सुरक्षा तथा ट्राफिक सचेतना” कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण, सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, पैदल यात्रु तथा चालकको जिम्मेवारी, सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी तथा ट्राफिक सचेतनासम्बन्धी विभिन्न विषयमा जानकारी गराइएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले ट्राफिक नियमप्रति अनुशासन र जिम्मेवारीबोध अभिवृद्धि गर्नुका साथै सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।
कार्यालयले आगामी दिनमा पनि विभिन्न सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक संस्था र समुदायसँग समन्वय गरी सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
