मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी अधिकारीद्वारा इलाका प्रहरी कार्यालय सिमराको निरीक्षण, सेवा सुधार र अपराध नियन्त्रणमा जोड

समाचार

सिमरा, १८ असार। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओम प्रसाद अधिकारीले बुधबार इलाका प्रहरी कार्यालय सिमराको निरीक्षण तथा अनुगमन गरेका छन्।

निरीक्षणका क्रममा डिआईजी अधिकारीसँगै नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय वीरगञ्ज, पर्साका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर पनि सहभागी थिए। उहाँहरूले कार्यालयका विभिन्न शाखा, सेवा प्रवाहको अवस्था तथा कार्यालय परिसरको निरीक्षण गरेका थिए।

निरीक्षणपछि आयोजित निर्देशन कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीसहित कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डिआईजी अधिकारीले लागूऔषध ओसारपसार तथा भन्सार छली नियन्त्रणलाई थप प्रभावकारी बनाउन निर्देशन दिँदै नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राख्न आग्रह गरे।

साथै सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, कार्यालयमा बिचौलियाको पूर्ण निषेध, प्रहरी आचारसंहिताको कडाइका साथ पालना तथा विगतमा भएका घटनाबाट पाठ सिक्दै व्यावसायिक र जवाफदेही ढंगले कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका थिए।

प्रहरी संगठनलाई अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्यका साथ गरिएको निरीक्षण तथा निर्देशन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *