बिरगंज ,२३ बैशाख।
सशस्त्र प्रहरी बल पर्साले रु. ५ लाख ५० हजार ८ सय ७० बराबरको भन्सार छलिका सामान तथा स्कुटर पक्राउ गरेको छ।
बीरगंज महानगरपालिका -१६ भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) सुरज रिजालको कमान्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अबैधरुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, कस्मेटिक,किराना र उक्त सामानहरु ओसार पासारमा प्रयोग गरिएको १ वटा स्कुटर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
नियन्त्रणमा लिएको सामानहरु तथा सवारी साधनलाई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
