रसीद आलम,बिरगंज ,२३ बैशाख।
भारतबाट अवैधरूपमा चाँदीका गर-गहनाहरु ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले गहना सहित एक जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाबाट प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा खटिएको चेकिङ टोलीले बैशाख २२ गते विहान १०:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ति चोकमा भारत रक्सौलबाट वीरगञ्जतर्फ राजश्व छलि चोरी पैठारी गरि ल्याउदै गरेको अवस्थामा २ के.जी. १७३ ग्राम चाँदी सहित बाराको फेटा गा.पा. वडा नं.३ बस्ने वर्ष २० को रोशन सोनारलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा रोशनले कमरको भागमा रातो सेतो रङकको गम्छाले बाँधी ल्याएको चाँदी जस्तो देखिने धातुबाट बनेका विभिन्न किसिमका गर-गहनाहरू फेला परेकोले हुँदा निजलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।
