सप्तरीमा बालुवामा पुरेको ८ सय १० किलो गाँजा बरामद

समाचार

 

राजविराज, १५ पुस

सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवा पुरेको अवस्थामा ८ सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

बिहीबार राति प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी टापुस्थित एकान्त ठाउँमा खाल्डो पुरेको अवस्थामा गाँजा बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ ।

कोसी ब्यारेजस्थित गोलघरबाट ५ सय मिटर उत्तर खाल्डो खनी गाँजा पुरिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोलीले शंकास्पद स्थानमा खन्दा ३० किलो दरले प्याक गरिएको १२ बोरा, दोस्रो स्थानमा खन्दा ९ बोरा र तेस्रो स्थानमा खन्दा ६ बोरा गरी २७ बोरा गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ ।

गाँजाबारे अनुसन्धान थालिएको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *