प्रदेश सरकारको निर्देशन कर्मचारी र प्रहरीले मान्दैनन् : रामसहायप्रसाद यादव।

राजनीति समाचार

काठमाडौं, २५ पुस । जसपाका रामसहायप्रसाद यादवले आवश्यक कानुन नबन्दा प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसकेको बताएका छन् ।

आज बसेकाे संघीय संसदको हिउँदे अधिवेशनकाे जारी बैठकलाई सम्बोधन गर्दै उनले आवश्यक कानुन नहुँदा प्रदेश सरकारको निर्देशन कर्मचारी र प्रहरीले नमान्ने गरेको बताए ।

प्रदेश सरकारलाई काम गर्न सक्नेगरी कानुन बनाउनुपर्नेमा उनले जोड दिए । साथै, नागरिकताको समस्या समाधान गर्न तत्काल नागरिकता विधेयक पारित गर्नुपर्ने उनले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *