विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो ।

समाचार

काठमाडौ, ३ माघ ।१ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाको शब आज काठमाडौं ल्याइएको छ । उनीहरूको शबलाई हेलिकप्टरमार्फत  काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *