काठमाडौंमा ‘तिब्बतीयन ओरिजिनल ब्लड’ समूहका मोटरसाइकल नियन्त्रणमा:महेश बस्नेत

समाचार

काठमाडौं,३० असोज  । नेकपा (एमाले) का नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् कि काठमाडौंका विभिन्न स्थानबाट ठूलो आवाज निकाल्ने र मफलर मोडिफाइ गरिएका दुई सयभन्दा बढी मोटरसाइकल नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनका अनुसार नियन्त्रणमा लिइएका तीमध्ये धेरैजसो मोटरसाइकल “तिब्बतीयन ओरिजिनल ब्लड” नामक समूहका सदस्यहरूद्वारा प्रयोग गरिँदै आएका थिए । सो समूहले पछिल्ला दिनमा भइरहेको जेन–जी आन्दोलनलाई हिंसात्मक, लुटपाटमुखी र आतंकपूर्ण बनाउन खोजेको आरोप लागेको छ ।

बस्नेतले प्रहरीद्वारा गरिएको यो कारबाहीलाई जनसुरक्षा, कानूनी शासन र शान्ति–व्यवस्था कायम गर्ने दिशामा उठाइएको अत्यन्त सराहनीय कदम भएको उल्लेख गरेका छन् ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *