माघ -०४, बिरगंज ।रसीद आलम।
समाजका अगुवा ,बुद्धिजीवीहरु भन्छन् एउटा घरमा असल ,इमान्दार ,स्वच्छ छबिका अभिभावक छ भने त्यो घरका सदस्यहरु पनि असल ,इमान्दार ,स्वच्छ छबिका हुन्छन्, यो उखान जिल्ला प्रहरी कार्यालय पर्सा संग मेल खन्छ।
जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक कोमल शाहको पर्सा जिल्लामा आएका दिनदेखि नै पर्सामा तस्करी ,चोरी ,लागु औषध तथा अन्य गैरकानुनी कार्यहरू क्रमश शुन्यकरण भएको देखिन्छ ।उनका उत्कृष्ट कार्यसम्पादनका कारण पर्साबासिहरु आफुलाई सुरक्षित र शान्तिका अनुभुति गरेका कुरा स्थानीय बुद्धिजीवीहरुले बताएका छन ।
एसपी कोमल शाह ईमान्दार,निष्ठावान,सफा छबि र सकारात्मक सोचका प्रहरी प्रमुख भएकाले मातहतका प्रहरी कर्मचारीहरु उनीसंग प्रभावित भइ नयाँ उर्जा र शक्ति थपिएका कारण धमाधम तस्करीका सर-समानहरु तथा अबैध लागु औषधहरु पक्राउ गर्ने ,समाजमा शान्तिसुरक्षा कायम भएको कार्यहरू तीव्रता पाएका अनुभव पर्साका स्थानीयवासी तथा बुद्धिजीवीहरुको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहको निर्देशनमा लागु औषध नियन्त्रणका लागि प्रहरीले अहिले विशेष अभियान नै चलाएको छ ।
पुस २९ मा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा न. १५ भानुचोक स्थित सडक खण्डमा चेकप्वाईन्ट खडा गरि चेकजाँच गर्ने क्रममा वडा न. १५ कै राम गिरीको छोरा वर्ष २० को अजय गिरी र जिल्ला चितवन राप्ती न. पा. वडा न. २ वस्ने कृष्ण बहादुर थापा क्षेत्रीको छोरा वर्ष २१ को बिजय थापा समेतलाई नियन्त्रणमा लिई निजहरुको शरिर खानतलासी गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागु औषध NITRAVET® 10 लेखिएको १२ ट्याबलेट फेलापरेकोमा उनिहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको वडा प्रहरी कार्यालय श्रीपुरले जानकारी गराएको छ ।
पुस ३० मा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा न. १५ भानुचोक स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा जिल्ला सर्लाही हरिवन न.पा. वडा न. ९ वस्ने तोया बहादुर मैनालीलाई नियन्त्रणमा लिई निजको शरिर खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागु औषध NITRAVET® 10 लेखिएको २९ ट्याबलेट र RESKOP-DK COUGH SYRUP लेखिएको १ बोतल फेला परेकोमा उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको विशेष संयुक्त टोलिले पक्राउ गरेको छ।
पुस ३० गतेमै जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा न. १५ ब्रहम्चोक स्थित सडक खण्डमा चेकचाँज गर्ने क्रममा जिल्ला रौतहट चन्द्रपुर न.पा.वडा न. ३ वस्ने कमल श्रेष्ठको छोरा वर्ष २४ को सन्तोष श्रेष्ठलाई शंकास्पद रुपमा फेला पारि निजको शरिर खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागु औषध NOOPHIN लेखिएको ४ एम्पुल, PHENERGAN® लेखिएको ४ एम्पुल र DIAZAPAM लेखिएको ३ एम्पुल गरि जम्मा ११ एम्पुल फेला परेकोमा निजहरुलाई प्रहरीले पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।
माघ ०१ मा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा न. १५ भानुचोक स्थित सडक खण्डमा चेकप्वाईन्ट खडा गरि चेकजाँच गर्ने क्रममा जिल्ला चितवन हेटौंडा .उ.म.न.पा.वडा न. ६ वस्ने सुरेन्द्र बुढाको छोरा वर्ष १९ को युवराज बुढा र चितवन राप्ती न.पा. वडा न. ८ वस्ने बाबुराम सार्कीको छोरा वर्ष २० को प्रकाश सार्की समेतलाई फेला पारी निजहरुको शरीर खानतलासी गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागु औषध NITRAVET® 10 – लेखिएको २९ ट्याबलेट र NOOPHIN® लेखिएको ६ एम्पुल, PHENERGAN® लेखिएको ३ एम्पुल र DIAZAPAM लेखिएको ३ एम्पुल गरि जम्मा १२ एम्पुल फेला परेकोले उनिहरुलाई पक्राउ गरिएको छ।
माघ ०१ गतेमै जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा न. १४ गण्डक स्थित सडक खण्डमा चेकप्वाईन्ट खडा गरि चेकजाँच गर्ने क्रममा बिरगंजबाट परवानीपुर तर्फ जादै गरेको बा. ९२ प २५२७ नम्बरको स्कुटरलाई रोकि चालकको नामथर वतन सोधपुछ गर्दा जिल्ला चितवन भरतपुर वडा न. ९ ढाडेचोक वस्ने सुरज बहादुर तमाङ्गको छोरा अं. वर्ष २८ को सुभाष तमाङ्ग भनि नाम बताएकोमा निजमाथि शंका लागि निजको शरिर खानतलासी गर्दा निजले लगाएको पाईन्टको कम्मरमा लगाएको बेल्ट मुनि पलाष्टिकको पुरियामा लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ २ ग्राम फेला परेको हुँदा स्कुटर सहित निज ब्यक्तिलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि जि.प्र.का. पर्सामा पठाईएको छ ।
माघ ०२ मा जिल्ला पर्सा बि.म.न.पा.वडा न. १७ अलौ स्थित सडक खण्डमा चेकप्वाईन्ट खडा गरि चेकजाँच गर्ने क्रममा भारतबाट आउदै गरेको BR-05-2330 नं को भारतिय मोटरसाइकल रोकी नामथर वतन सोधपुछ गर्दा जिल्ला पर्सा पर्सागढी न.पा. वडा न. ६ वस्ने शिवशंकर साह कलवारको छोरा वर्ष ४० को बिजय कुमार गुप्ता र बहुदरमाई न.पा. वडा न. ४ वस्ने वर्ष ३४ को सतिष कुमार सिंह समेत भनि नाम बताएको र निजहरुमाथि शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागु औषध FANCYDIL®DX लेखिएको १२ बोतल फेला पारेकोमा निजहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको वडा प्रहरी कार्यालय श्रीपुरका प्र नि डिल्ली राज सापकोटाले बताएका छन ।
माघ ०२ गतेमै जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा न. १५ प्रतिमा चोक स्थित चेकजाँचको क्रममा प्रदेश २-०३-०२२ प ५७११ नम्वरको मोटरसाईकललाई रोकी मो.सा. चालकको नामथर वतन सोधपुछ गर्दा जिल्ला बारा फेटा गा.पा. वडा न. ३ वस्ने वर्ष २३ को धिरेन्द्र कुमार सराफ भनि नाम बताएको र निजमाथी शंका लागि निजको शरिर खानतलासी गर्दा निजले लगाएको पाईन्टको दाहिने तर्फ पछाडीको खल्तीमा पर्सा भित्र लुकाई छिपाई राखेको खैरो रंगको ब्राउन सुगर जस्तो देखिने पदार्थ ५०० मिली ग्राम फेला परेको हुँदा मो.सा.सहित निजलाई जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको विशेष संयुक्त टोलि पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।
उक्त पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भैरहेको पर्साका प्रहरी प्रवक्ता दिपक गिरिले जानकारी दिएका छन ।