बिरगंज ,७ बैशाख।
सशस्त्र प्रहरी बल नेपाल न.१३ गण पर्साको मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाललाई गणद्वारा प्रशन्सा पत्र दिईएको छ।
एक महिनामा १ करोड ५८ लाख राजस्व संकलन गरेकोमा प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति डिएसपी रिजालको कार्यको उच्च मुल्यांकन गर्दै १३ न.गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यले प्रशन्सा पत्र प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण है.क्वा पर्साको “१७ औ स्थापना दिवस-२०८१ को अवसरमा आयोजित वार्षिक उत्सव कार्यक्रम सो प्रशन्सा पत्र प्रदान गर्दै आउने दिनहरूमा पनि कसैको दबाबमा न परि आम जनतालाई मर्कामा नपारी यो भन्दा पनि उत्कृष्ट कार्य गर्न निर्देशन दिएका छन् तथा राम्रो कार्य सम्पादन गरि प्रशन्सा पत्र पाएकोमा शुभकामना समेत एसपी कर्मचार्यले दिएका छन् ।
त्यस्तै प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका गुल्मपति रहेको अवधिमा राजस्व संकलन वृद्धि कार्य गरेकोमा सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहलाई एसपी कर्मचार्यले कार्यको उच्च मुल्यांकन गर्दै प्रशन्सा पत्र प्रदान गरेका छन् ।