वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बोगटीको कमान्डमा २२ लाख रुपैयाँसहित २ जना पक्राउ।

समाचार

बिरगंज ,७ बैशाख।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताले बिरगंजबाट हुण्डीको आशंकामा ठूलो रकमसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा बिर्ताको प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका टोलीले बिरगंज -१० आदर्शनगरस्थित रुंगटा मार्केटभित्रबाट श्रोत नखुलेको हुन्डिको आशंकामा नेपाली रुपैयाँ २२ लाख ५ हजार ७ सय सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

आदर्शनगरस्थित रहेको रुंगटा मार्केटभित्र आईएमईमा प्रहरीले छापा मारेर २ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको र पक्राउ परेका दुबै जना नेपाली नागरिक रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।प्रहरीले उनिहरुको परिचय खुलाएको छैन ।

नियन्त्रणमा लिएको दुबै जनालाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

थप अनुसन्धान गर्न तथा अन्य ब्यक्तिको सङ्ग्नलता हुनसक्ने सम्भावना रहेकोले परिचय सार्वजनिक गरिएको छैन डिएसपी थापाले बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *