अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

समाचार

मोरङ, ३ बैशाख । विराटनगर महानगरपालिका– १५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् ।

 

खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने ४० वर्षीय राज श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *