वीरगंज नर्सिङ्ग क्याम्पसको ४७ औं वार्षिकोत्सव समारोह, जिर्ण अवस्थामा रहेको बाटो मर्मत गर्ने र शैक्षिक अवस्थामा सुधार ल्याउन सक्दो सहयोग गर्ने प्रतिवद्धता:उप प्रमुख आलम।

समाचार

रसीद आलम ।पर्सा ,बिरगंज ,माघ १६।वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहको प्रमुख अतिथित्वमा र मधेस प्रदेश सभा सदस्य लालबाबु राउत गद्दि र वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को विशिष्ठ अतिथित्वमा त्रिभुवन विश्वविधालय चिकित्सा शास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ्ग क्याम्पसको ४७ औं वार्षिकोत्सव समारोह भब्यताका साथ सम्पन्न भएको छ ।

सो समारोहमा मन्तब्यको क्रममा उप प्रमुख इम्तियाज आलम ले क्याम्पसमा जिर्ण अवस्थामा रहेको बाटो मर्मत गर्ने र क्याम्पसको शैक्षिक अवस्थामा सुधार ल्याउन सक्दो सहयोग गर्ने प्रतिवद्धता गरेका छन्  ।

उक्त कार्यक्रममा क्याम्पसले आयोजना गरेको विभिन्न किसिमका प्रतियोगितामा भाग लिने विधार्थीहरुलाई पुरस्कार दिनुका साथै कोरोना कालमा योगदान दिने कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा अतिथीको रुपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी,वडा न.२ का वडा अध्यक्ष महमद रेयाज मिया तेलि,वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक विशाल मल्ल लगायत समाजसेवी ,संचारकर्मी तथा  स्थानिय बुद्धिजीवीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *