परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भ्रमण श्रीलंकावाट

राजनीति समाचार

काठमाडौं, १७ माघ
परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भ्रमण श्रीलंकावाट हुने भएको छ ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन । उनको श्रीलंका भ्रमणलाई मन्त्रीपरिषदको सोमवार बसेको बैठकले स्विकृत गरेको छ ।

मंगलवार देखी कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक संकटले टाट परे पछि बौतरिने क्रममा श्रीलंकाले यो बिशेष समारोह आयोजना गरेको हो । सो समारोहमा परराष्ट्र मन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलंकाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछिन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *