पर्सा, माघ २०।वीरगंज महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिले अनुगमन तिब्र गरेको छ।
बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को संयोजक्तामा गठित समिती ले तिब्रता ल्याएको छ। अनुगमन को क्रममा प्रितम एण्ड रचना किराना पसल तथा अविनाश जेनरल स्टोर्समा भएका एकस्पायर समानहरु जफत गरि नष्ट गरेका छन भने अब देखि यस्तो बस्तु फेला परे कर्वाही गर्ने नसिहत सहित दिएका छन।
वीरगंज महानगरपालिका वडा नं १३ राधेमाई स्थित प्रितम एण्ड रचना किराना पसल मा अनुगमन का क्रममा त्यस पसलबाट बिभिन्न किसिमका एकस्पायर भएका समानहरु जस्तै पास्ता ५ किलो ,पुजा घ्यु २४ डिबा (सानो),जुस १०० ML तिन डिब्बा, गोल्डेन ओके २/४ (१)सिसि,सोफि ( ६) सिसि, कुरकुरे ३० पकेट जफत गरेको छ
साथै अनुगमन कै क्रममा वीरगंज महानगरपालिका वडा नं ८ गहवा स्थित अभिनास जेनरल स्टोर्स मा अनुगमन को क्रममा एकस्पायर समानहरु जस्तै पास्ता ५ किलो को २ (थान) पकेट,पुजा घ्यु २४ (थान) सानो डिब्बा,जुस १००ML तिन डिबा दुबै पसलका समानहरु जफत गरी सिर्सिया खोलामा नष्ट गरिएको छ ।
साथै प्रितम एण्ड रचना किराना पसलका संचालक नरेस राउत कुर्मी तथा अविनाश जेनरल स्टोर्स का संचालक अविनाश कुमार कानुलाइ मुल्य सुचि राखन,व्यवसायि प्रमाण पत्र राखन,बिना लेबल को सामान बिक्री वितरण नगर्न ,एकस्पायर सामानहरू बिक्रि बितरण नगर्न अनुगमन टोलिले आदेश दिएको छ ।
गुणस्तरयुक्त समान बिक्री वितरण गर्न आदेश दिईयो र यदि आदेश बिपरित काम भयो भने सबलाई आउने दिनहरु मा कार्वाही हुनेछ उप-प्रमुख इम्तियाज आलमको प्रेस सल्लाहकार म.सद्दाबले जानकारी गराएका छन । वीरगंज महानगरपालिकाको बजार ब्यवस्थापन तथा अनुगमन समितीको संयोजक उप-प्रमुख इम्तियाज आलमको संयोजकतत्वमा विभिन्न निकायका प्रतिनिधिहरु ले बिरगंज भरी अनुगमन गरेका छन।
अनुगमन गर्नेमा वीरगंज महानगरपालिका कार्यपालिका सदस्य तथा बजार ब्यवस्थापन तथा अनुगमन समितीका सदस्य कन्हैया ठाकुर ,शाखा प्रमुख बिपिन लाल दास, कर्मचारी नेहा मिश्रा,गुणस्तर तथा नाप तौल कार्यलयको प्रतिनिधि मनिस गुप्ता ,जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव,जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि मीन बहादुर रमौली, वीरगंज उद्योग बाणिज्य संघका प्रतिनिधि मनोज कुमार दासको उपस्तिथि रहेको थियो।