भालुको आक्रमणबाट पर्सामा दुई जना घाइते।

समाचार

 

पर्सा , २१ माघ

भालुले आक्रमणबाट पर्साको ठोरी गाउँपालिकामा दुई जना घाइते भएका छन् ।

ठोरी गाउँपालिका-३ रामनगर बस्ने बिबिलाल लोप्चन र सुकमाया तामाङ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू श्रीमान श्रीमती हुन् ।

शुक्रबार दिउँसो जंगलबाट घाँस लिएर फर्कने क्रममा सुकमाया तामाङलाई भालुले आक्रमण गरेको थियो । सुकमायालाई बचाउन गएका बिबिलाल पनि घाइते भएको प्रहरीको भनाइ छ ।

जंगल क्षेत्रबाट निस्किएका तीन वटा भालुले आक्रमण गर्दा सुकमायाको अनुहारमा चोट लागेको छ भने बिबिलाल सामान्य घाइते छन् ।

घाइते दुवैजनालाई उपचारका लागि नारायणी अस्पताल लगिएको छ ।

तस्बिर सभार समाजिक संजालबाट                                              बिकास कुमार मधेसी

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *