ग्याँस सिलिन्डर पडकदा सांसद भण्डारी र उनकी आमा गम्भिर घाइते

राजनीति समाचार

काठमाडौं, ४ फागुन । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी ग्याँस सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्।

बुद्धनगर निवासमा गए राति ग्यास सिलिण्डर बिस्फोट हुदाँ सांसद भण्डारीसहित उनकी ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्।

घाइते भण्डारी र उनकी आमाको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आइसियुमा उपचार जारी छ।

चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ।

उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *