बालुवामुनि गाडेर राखेको गाजा बरामद

समाचार

सप्तरी २२ फागुन । सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजीगाँजा बरामद गरेको छ ।

कन्चनपुर प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल  बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *