रसीद आलम, बिरगंज , २१ जेठ ।
बिल विजक भन्दा बढी भाडा बर्तन तथा खुद्रा लगायतका सामानहरू बोकेको माल बाहक ट्रक बिरगंजमा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
वीरगञ्जबाट बुटवलतर्फ जाँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जेठ १९ गते राती ११:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगर स्थित सडकखण्डबाट ना.५ ख ७७२४ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
पक्राउ परेका ट्रक र सो भित्र लोड रहेको खुद्रा तथा हार्डवेयर लगायतका सामानहरूको मुल्य रु.४२,९४,२२५।-(बयालीस लाख चौरान्वे हजार दुई सय पचीस ) बराबरको मूल्याकंन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।