बिरगंज ,२१ जेठ ।
“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा पर्सा जिल्ला बि.म.न.पा. वडा नं. २ स्थित लक्ष्मीनारायण टोलमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको उपलक्ष्यमा सम्बन्धित जिङगल बजाई जनचेतना मुलक पर्चा पम्पलेट बितरण गरि कार्यक्रम गरेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जनाएका छन् ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई को अध्यक्षतामा वडा समिति कार्यालयका वडा नं.२ का वडा सदस्य बसिर मिया हजामको प्रमुख अतित्थ्यमा, वडा सदस्य लतिप मिया अंसारी,सामुदायिक सेवा केन्द्र छपकैयाका उपाध्यक्ष अब्दुल हक, सदस्य श्रीमती टिका प्रसाई, स्थानियहरू अजय राउत, श्रीमती मुन्ना देवी, रोहित राउत, सुरेश राउतज, विहारी राउत, राकेश राउत, अशोक राउत, लाल बहादुर मेस्त, जाहिर अख्तर साथै सामुदायिक प्रहरीका प्र.स.नि ईन्दिवर चौधरी, प्र.ह. देवेन्द्र कुमार पटेल लगायत स्थानीयहरु उल्लेखनीय उपस्थित रहेको थियो ।