लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन

समाचार

काठमाडौं, १ चैत । काठमाडौंमा लघुवित्त संस्थाहरुले  ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको छ ।

 

माइतीघर मण्डलामा मंगलबार लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन भएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा लघुवित्त संस्थाहरु विरुद्ध प्रदर्शन हुँदै आएको छ ।


प्रदर्शनकारीले नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने माग गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *