रसीद आलम।पर्सा, चैत ६।
भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा विभिन्न खाद्यान्न सामाग्रीहरू पर्सा प्रहरीले पक्राउ गरेको छ।
चैत ५ मा वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वागाउँ, नगवा र छपकैयाबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा सो विभिन्न किसिमका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।

उक्त नियन्त्रणमा लिएको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरूको रु. पाँच लाख सत्तरी हजार सात सय दश बराबरका मुल्यांकन गरी आवश्यक कारवाहीको लागि आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराएका छन ।

