बिरगंजमा सवारी दुर्घटना,भारतीय महिला माला देबीको मृत्यु ।

समाचार

रसीद आलम,पर्सा ,चैत ९।

सवारी दुर्घटनामा परि एक भारतीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चैत ८ मा १:४५ को समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१ स्थित सडकखण्डमा ड्राईपोर्टबाट चोर्नी तर्फ जाँदै गरेको बि आर ०५ एम १६२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा पछाडी सवार भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल बस्ने वर्ष ५० की माला देबी सो मोटरसाइकलबाट लडी निजको टाउकोमा गम्भिर चोट लागेको हुँदा उपचारार्थ एल.एस.न्यूरो अस्पताल वीरगञ्जमा ल्याएकोमा उपचारकै क्रममा आज १२:३० मा निज माला देवीको मृत्यु भएको पर्सा प्रहरीले जानकारी गराएको छ।

मृतकको लास पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा राखि मोटरसाइकल चालक भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल जोखियारी पञ्चायत वडा नं.९ बस्ने वर्ष २३ को सचिन कुमारलाई नियन्त्रणमा लिइ थप  अनुसन्धान भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *