बोक्सी कुप्रथा उन्मुलन अभियान

समाचार

भैरहवा, १२ चैत । रुपन्देहीको सैनामैनामा अन्धविश्वासका कारण १४ वर्षिय बालिकाको मृत्यु भएसँगै बोक्सी कुप्रथा विरुद्धको राष्ट्रव्यापी सचेतनामुलक कार्यक्रम गरिएको छ । गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वय, जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय सालझण्डीको व्यवस्थापन तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजनामा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।

 

९ वर्षदेखि नेपालमा अभियान चलाउँदै आएका कोविद शरण उपाध्यायले शिक्षा र चेतनाको अभावले रुपन्देहीसहित देशका विभिन्न क्षेत्रमा अझै पनि बोक्सी, बोक्साको कुप्रथा, अन्धविशवासका कारण दुखद् घटना हुने गरेकोेले आगामी १५ वर्षमा उन्मुलन गर्ने लक्ष्यका साथ अभियान चलाउँदै आएको बताए ।

देशका विभिन्न ४० जिल्लामा ५०१ अभियान चलाएको प्रतिष्ठानले रुपन्देहीमा ३ वटा कार्यक्रम संचालन गरेको छ । पोखराको हेम्जाबाट सुरुवात भएको अभियानको लक्ष्य नै नेपालबाट शति प्रथा जस्तै बोकसी प्रथाको उन्मुलन गर्नु नै रहेको उपाध्यायले भने ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कुरीतिको कारण रुपन्देहीमा वोध बालिकाको ज्यान गए पनि यस्ता घटना नदोहोरिन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिक खेल्नु पर्ने बताए । समाजमा धेरै कुरीति र कुसंस्कार रहेकोले यसलाई हटाउन सबैले मानसिकता, र सोचमा परिवर्तन गर्न जरुरी रहेको बताए । कानुनले पनि बन्देज गरेको छ, सोच र मानसिकतामा परिवर्तन आए व्यवहारीकतामा ल्याई सहजै यस्ता कुसंसकारलाई उन्मुलन गर्न सकिने प्रजिअ पाण्डेले भने ।

बोक्सी, छाउडी जस्ता गलत धा।णाका कारण कुप्रथाहरु बसेकोले यसको जरै देखि उन्मुलन गर्नका लागि सैनामैना १० स्थित झिमझिमीयाको सामुदायिक भवनमा सचेतना जगाउन तथा जागरुकता प्रदान गर्न बोक्सी प्रथा सम्बन्धि ‘अग्नी दहन’ डकुमेन्ट्री प्रस्तुत गरिएको छ । भुल्के सामुदायिक वनका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधीहरु, संचारकर्मीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय बुद्धिजिवीहरु, आमा समुह टोल विकास संस्था, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा तथा स्थानीयहरुको समूहमा सचेतना जगाउँदै समाजमा भएको बोक्सी प्रथा जस्ता विकृतिप्रति जागरुकता जगाउन कार्यक्रम आयोजना गरिएको सैनामैना वडा नं. १०का अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *