अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी

राजनीति समाचार

महोत्तरी, १३ चैत  ।  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भए पनि हालसम्म प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी अझै फरार छन् ।

२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ वाट निर्वाचित भएका हुन् ।


सुरक्षाकर्मी थमन विकको हत्या गरेको आरोप लागेका संसद कोइरी निर्वाचित भएपछी प्रहरीको आँखा छल्दै  दुईपटक संसद भवन छिरेका थिए ।

 

दुई दुईपटक संसदमा जाँदा पनि पक्राउ पर्न गर्न नसकेपछि चौतर्फी विरोध भएसँगै गृह मन्त्रालयले गत ६ माघमा सांसद कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, दुई महिना नाघिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् ।

 

नेकपा एमालेबाट निर्वाचित संसद कोइरीलाई एमालेले नै संरक्षण गरेको आरोप छ भने उनलाई सरकारले नै जोगाएको पनि आरोप छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *