नारायणी यातायात कार्यालयबाट सेवाग्राहीलाई हैरानी दिने, वार्गेनिङ गर्ने व्यक्तिहरू पक्राउ ।

समाचार

रसीद आलम।बिरगंज ,चैत २१।

नारायणी यातायात कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भनी वार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाईल च्यापी भित्र वाहिर गर्ने, प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिने तथा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिने ११ जना ब्यक्तिहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार  पटक पटक जनगुनासो प्राप्त हुन आएकोले आज दिउँसो १:०० बजे जिल्ला प्रहरी  कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा सो कार्य गर्दै गरेको अवस्थामा फेला पारी निजहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका वडा नं.१२ रानीघाट बस्ने वर्ष २५ को आलोक कुमार यादव,वडा नं.१३ बस्ने वर्ष ४५ को किशोर कुमार दयाल,वडा नं.१५ बस्ने वर्ष ४० को दिपलाल साह,वडा नं.१५ बस्ने वर्ष ४६ को रामबाबु झा,कालिकामाई गा.पा.वडा नं.४ बस्ने वर्ष ४० को राजेश महतो ,वी.म.न.पा.वडा नं.३ बस्ने वर्ष ३७ को रंजित गुप्ता ,वडा नं.११ बस्ने वर्ष २३ को लालबाबु महतो ,बारा परवानीपुर गा.पा.वडा नं.५ नौतन बस्ने वर्ष ४५ को दरोगा दास ,बारा प्रसौनी गा.पा.वडा नं.६ बस्ने वर्ष ३० को मुकेश साह ,वीरगञ्ज म.न.पा.वडा नं.११ मुर्ली बस्ने वर्ष ४५ को राजेश लामा र बारा प्रसौनी गा.पा.वडा नं.३ नौतन बस्ने वर्ष २५ को दिपु महतो तत्मा रहेका प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका निजहरू विरुद्द सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्दको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट ७ दिनको  म्याद थप अनुमति लिई  थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *