काठमाडौं र झापाबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

समाचार

काठमाडौं, २७ चैत ।  काठमाडौं र झापाबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् ।

 

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ मण्डिखाटार डेरा गरी बस्ने ४२ वर्षीया हेमा गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

 

झापाकाे कमल गाउँपालिका-३ केर्खा बजार बस्ने ३७ वर्षीय सुरेन राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसमेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ६ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *