मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार

बारा, १५ वैशाख

बाराको कलैया उपमहानगरपालिका-२३ मा गएराति ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा कलैया-२१ का २५ वर्षीय राजन कुमार राम रहेका छन् । ना५त ८२५० नम्बरको रड लोड गरेको ट्याक्टरमा बा८०प ४० २१ नम्बरको मोटरसाइकल ठोकिँएको थियो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *