बिरगंजमा नक्कली नोट, स्कार्पियो सहित दुई जना मानिसहरु पक्राउ ।

समाचार

रसीद आलम,पर्सा ,२२ बैशाख ।

बिरगंजमा नक्कली नोट, स्कार्पियो सहित दुई जना ब्यक्तिहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

बिशेष सुचनाको आधारमा बैशाख २० गते बेलुकी  ४:३० बजेको समयमा  बीरगञ्ज महानगरपालिका वडा नं. १६ चालिसफिटे स्थित सडकखण्डमा  मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त बिशेष प्रहरी टोलिले BR 01 PG 6577 नम्बरको सेतो रङ्गको स्कार्पियो गाडीलाई चेकजाँच गर्दा सेतो प्लास्टिकको झोला भित्र नेपाली नक्कली नोट रू.१०० दरको नोट- ४५० थान र रु.५०० दरको नोट- ७२ थान गरी जम्मा नेपाली नक्कली नोट रु. ४,८६,०००।- (चार लाख छयासी हजार ) र सक्कली रु.१००० दरका नोट- २०० थान गरी जम्मा नेपाली नोट रु. २,००,०००।- (दुई लाख) फेला परेको हुँदा उक्त गाडी चालक जिल्ला सर्लाही गोडौता नगरपालिका वडा नं. १२ मधुवनी गाँउ बस्ने बर्ष ३४ को आनन्द बर्दन सिंह र गाडीमा सवार जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३६ को ओम प्रकाश साह समेतलाई उल्लेखित नम्बरको स्कार्पियो गाडी र नक्कली नोट सहित नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जनाएका छन् ।

निजहरु बिरुद्ध मुद्रा सम्बन्धी कसुरमा (नक्कली मुद्रा प्रयोगमा ल्याउन नहुने) बैशाख २१ गते पर्सा जिल्ला अदालतबाट ७ दिनको थप म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *