“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम बिरगंजमा सम्पन्न ।

समाचार

रसीद आलम,पर्सा ,२२बैशाख ।
“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया- २ र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि जनजेतना मुलक कार्यक्रम सम्पन्न भएको छ् ।

सो कार्यक्रममा साईकलमा स्टिकर टाँस्ने, मोटरसाईकल चालकहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी दिने,ट्राफिक नियम उलंघन गर्नेलाई सम्झाईबुझाई छाडने तथा होटल व्यवसायिहरुलाई ग्यास तथा अन्य माध्यमको लापरबाहीले लाग्ने आगलागि नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी  ग्यासुदिन ठकुराईले जनाएका छन् ।

उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा ,वडा समिति कार्यालयका वडा नं.३ का वडा अध्यक्ष  बैजु स्वर्णकारको प्रमुख अतित्थ्यमा ,जिल्ला ट्राफिक कार्यालय पर्साको प्र.व.ना.नि  अमर बहादुर नेपाल , प्र.ना.नि  हनुमान राउत अहिरको बिशेष अथितिमा सम्पन्न भएको छ।

सवारी दुर्घटना हुनुको मुख्य कारण के हो ? प्रश्न गर्दा “अनियंत्रित गतिमा सवारी चलाउने , मादक पदार्थको सेवन,क्षमता भन्दा बढी लोड गरेको सवारी तथा ट्राफिक नियमको उलंघन गर्ने सवारीहरु बढी दुर्घटनामा पर्द्छ्न”जिल्ला ट्राफिक प्रहरी पर्साका सई हनुमान राउत अहिरले बताएका छन् ।
यसलाई नियन्त्रण गर्न चेकजाँचमा कडाइ गर्ने,ट्राफिक नियमको उलंघन गर्ने सवारीहरुलाई जरिवाना गर्ने ,नियन्त्रणमा लिने,जनचेतनामूलक कार्यक्रम गर्ने जस्ता अभियान संचालन गरेर सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ भनेर सई राउतले बताएका छन ।

उक्त कार्यक्रममा वडा नं.३ का वडा सदस्य अब्दुल कलाम मिया , महिला बडा सदस्य  संगिता दास , वडा सदस्य बर्कतुन खातुन , संचारकर्मि रसिद आलम , कार्यपालिका सदस्य खैरुदिन मिया , सामुदायिक प्रहरीका  प्र.स.नि. ईन्दिवर चौधरी ,प्र.ह. देवेन्द्र कुमार पटेल ,प्र.ज.दिपेन्द्र कुमार यादव  लगाएत स्थानीय बुद्धिजीवीहरुको उल्लेखनीय  उपस्थित रहेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *