ईलाका प्रहरी कार्यालय पोखरियाद्वारा ८० क्विन्टल भन्दा बढी लोड रहेको अबैध गहुँ सहित ट्रयाक्टर पक्राउ ।

समाचार

रसीद आलम,पर्सा ,२२बैशाख ।
पोखरिया नगरपालिमा पर्ने पोखरिया बजारबाट लुकाईछिपाई लगिरहेको अवस्थामा आज बिहान ४ : ०० बजे ईलाका प्रहरी पोखरियाले अवैध गहुँसहित एउटा ट्रयाक्टर पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सो गहुँ लोड रहेको ना ३ त २२९५ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

भारतबाट चोरी निकासी गरी बिना भन्सारको नेपालमा ल्याई बेच बिखन गरिरहेको विशेष सूचनाको आधारमा उक्त ट्रयाक्टरलाई रोकि चेकजाँच गर्दा अनलाइन बिलबिजक नरहेको तथा सन्कास्पद देखिएकोले उक्त ट्रयाक्टरलाई नियन्त्रणमा लिईएको तथा थप अनुसन्धान कार्य भैईरहेको ईलाका प्रहरी कार्यालय पोखरीयाको प्रहरी निरीक्षक मोहन बिक्रम केसिसंग सम्पर्क गर्दा जानकारी गराएका छन् ।

पश्चिम दिशा तर्फबाट पोखरियातिर आउदै गरेको सो ट्रयाक्टरमा ८१.५ क्विन्टल गहुँ लोड रहेको प्रहरीले जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *