नेपाल मुस्लिम पत्रकार संघ पर्साद्वारा वृक्षारोपन कार्यक्रम सम्पन्न।

समाचार

रसीद आलम, बिरगंज ,२० जेठ ।

नेपाल मुस्लिम पत्रकार संघको आयोजनामा वीरगंज महानगरपालिकाको वडा नं. २ स्थित छपकैया इदगाहको प्राङगणमा र सो नजिकै रहेको छटघाटमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष मंसुर मिया धुनियाको सभापतित्वमा तथा वीरगंज महानगरपालिकाको उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । मन्तव्यको क्रममा उपप्रमुख आलमले मानव जिवनको लागी वृक्षारोपन कार्यक्रम अपरिहार्य रहेको बताए साथै वीरगंजमा रहेको सम्पूर्ण घरहरूमा कम्तिमा पनि एउटा वोट विरुवा रोप्न आग्रह समेत गरेका छन् ।

कार्यक्रमको विशिष्ठ अतिथी वडानं. २ का वडा अध्यक्ष रेयाज मिया, वडा सदस्य बसिर मिया हाजाम, नेपाली कांग्रेसका क्षेत्र १ (ख)का प्रदेश सभापति अनिल सिंह नेपाल मुस्लिम पत्रकार संघका सचिव सजाद हवारी सह सचिव अब्दुल कैश, सदस्य बसिम हुसेन, रसिद आलम, मुर्तुजा मिया, जाकिर मिया, नुर आलम लगायत स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

संघद्वारा वृक्षारोपनको आज सुरुवात मात्रै भएको यसलाई निरन्तरता दिदै विभिन्न स्थानमा वृक्षारोपन गर्दै जाने संघका अध्यक्ष मंसुर मियाले जानकारी गराए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *