एक साताका लागि देउवा सिंगापुर प्रस्थान गर्दै

राजनीति समाचार

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् ।

 

नियमित स्वास्थ्य परीक्षणका लागि पुर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन । उनी राति ११ बजे सिंगापुरका प्रस्थान गर्नेछन् ।

 

पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि साथमा रहने छिन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समय देखी सिंगापुरमा उपचार गर्दै आइरहेका छन ।

 

यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ ।

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *