मकवानपुरबाट कटुवा पेस्तोल र गोली बरामद

समाचार

काठमाडौं, १३ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको छ। प्रहरीले राक्सिराङको वडा नम्बर १ दुंगुखोलाबाट दुईवटा गोलीसहित एक थान कटुवा पेस्तोल बरामद गरेको हो।

एक जना व्यक्तिले स्थानीयको पसलअगाडि कटुवा पेस्तोल देखाउँदै हिँडेको भन्ने खबर स्थानीयले दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी आउने चाल पाएपछि उक्त व्यक्ति पेस्तोलसहितको गोली छोडेर फरार भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पेस्तोल र गोली बरामद गरेको हो। प्रहरीले फरार व्यक्तिको खोजीकार्य जारी राखेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *