उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई IGP अर्यालद्वारा सम्मान

समाचार

काठमाडौ ,१८ मंसिर

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अन्तर्गतका विभिन्न युनिटहरूको निरीक्षण भ्रमणका क्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई IG APF Commendationप्रशंसापत्र प्रदान गर्नुभएको छ।

निरीक्षणका अवसरमा महानिरीक्षक अर्यालले युनिटहरूले गर्दै आएका गतिविधि, सुरक्षात्मक व्यवस्था र सामुदायिक समन्वयका विषयमा विस्तृत जानकारी लिंदै आफूअनुसारका दायित्व अधिक प्रभावकारी ढंगले निर्वाह गर्न आवश्यक निर्देशनसमेत दिनुभएको सशस्त्र प्रहरीले जनाएको छ।

महानिरीक्षक अर्यालले शिष्ट , पेशागत दक्षता र जिम्मेवारीप्रति समर्पित भई कार्य गर्नुपर्ने भन्दै उत्कृष्ट कार्यलाई निरन्तरता दिनु सबैको दायित्व भएको उल्लेख गर्नुभयो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *