नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादीको तर्फबाट बहस सकियो, अब जवाफी बहस हुने

समाचार

काठमाडौं, ३२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट बहस भएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको हो । योसँग अब जवाफी बहस हुनेछ ।

 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले जवाफी बहस गर्नेछन् ।

 

जवाफी बहस शुक्रबार हुनेछ । जवाफी बस शुक्रबार दिउँसो २ बजेभित्र सक्न न्यायाधीश न्यौपानेले  इजलासबाटै भनेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *