काठमाडौंमा एक्कासी परेको पानीले सर्बसाधारणमा सास्ती ।

समाचार

काठमाडौं, १४ फागुन । आइतबार काठमाडौंमा भारी वर्षा भएसँगै  सर्बसाधारणलाई असहज भएको छ ।

 

अचानक आएको मेघ गर्जनसहित आएको बर्षाका कारण कार्यालयवाट घर फर्किरहेकाहरुलाई रोकिदिएको छ ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो ।

 

काठमाडौं उपत्यकासहित  पोखरालगायतका बाग्मती र गण्डकीका पहाडी भुभागसहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ ।

 

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *