बलात्कार आराेपमा एकजना पक्राउ

समाचार

काठमाडौं, ८ जेठ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सिलवाले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *